मोरङको बुढिगंगा गाउँपालिकाले पिसिआर परिक्षणको नाममा व्यापक अनियमितता गरेको भन्ने खबर गतल रहेको गाउँपालिकाले दावी गरेको छ । पिसिआर परीक्षण गर्दा कसै सँग पनि पैसा नलिएको गाउँपालिकाले विज्ञप्ती मार्फत जानकारी गराएका छन्। गाउँपालिकाले कोरोना परीक्षणका लागी वडा अध्यक्षको मिलेमतोमा प्रतिव्यक्ति ५५०० रुपैयाँ असुल्दै गरेको भन्ने जनमानसमा समाचार फैलाएको प्रति बुढीगंगा गाउँपालिका र आरती स्ट्रीप्स प्रा.लि. ले प्रेस विज्ञप्ती मार्फत खेद प्रकट गरेका हुन् ।

बुढिगंगा १ स्थित आरती स्ट्रिप्स प्रा .लि मा कार्यरत ३०० मजदुरको कोरोना परीक्षणमा जनही ५ हजार ५०० रुपैयाँ असुलेर बिल पनि नदिएको समाचार प्रकाशित भएपछि गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले विज्ञप्ति निकालेर त्यसलाई अस्वीकार गर्नु भएको हो । अध्यक्ष माझीले उद्योगको गाउँपालिकाले परीक्षण नगराएको र उद्योगहरुलाई परीक्षण गर्न निर्देशनमात्र दिइएको र आरती स्ट्रिप्सलाई पिपिई, भिटिएम र सोडियम हाइपोक्लोराईड व्यवस्था गर्न लगाएर ३०० जनाको परीक्षण सरकारी प्रयोगशालाबाट गराएको जनाइएको छ । गाउँपालिकाले कुनैपनि उद्योगको परीक्षण नगराएको र उद्योगलाई निर्देशन मात्र दिएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तिमा ३०० जनाको गाउँपालिकाले निःशुल्क परीक्षण गराएको र अन्यको काठमाडौंको प्रयोगशालाबाट उद्योगले नै परीक्षण गराएको जनाइएको छ । पञ्चकोशि टाईम्स साप्ताहिक पत्रिकाबाट























