कोरोना भाइरसको संक्रमण समुदायस्तमा फैलिसकेको अवस्थामा स्थानीय तहरुहरुले नै आफ्नो क्षेत्राधिकार भित्र पर्ने ठाउँलाई लकडाउन तथा निषेधाज्ञा गरेका छन् ।
सुनसरी जिल्ला प्रसाशनले पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै यसको नियन्त्रण तथा मानिसको भिडभाड कम गर्नको लागि सुनसरी जिल्लाभर गरेको लकडाउन जारी छ ।
प्रसाशनले साउन २१ गते देखि २६ गते सम्म, २६ देखि ३२ सम्म र साउन ३२ गते सम्म जारी निषेधाज्ञालाई पुन समय थप गरी भदै ७ गते सम्म गरेको निषेधाज्ञालाई पुन थप गदौ भदौ १४ गते सम्म लागु हुने गरी सुनसरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
पटक पटक समय थप गर्दै लगाइएको निषेधाज्ञामा अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन भनिएको छ । मानिसहरुको चहलपहल कम गर्नको लागि लगाइएको निषेधाज्ञामा पनि मानिसहरुको चहलपहलमा भने खासै कमी आएको छैन ।
सम्वन्धित निकायले यसलाई कार्यन्वयन गराउनको लागि लागी नपर्दा अहिले गरिएको निषेधाज्ञाको दृश्य निषेधाज्ञा जस्तो देखिन्दैन, नाम मात्रको निषेधित क्षेत्र भएको छ ।

तपाईको प्रतिक्रिया