नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमाजनता नमुनाका शिक्षक प्रहरी नियन्त्रणमा
विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रहरी नियन्त्रणमा लिइएको छ । प्राथमिक तहका शिक्षक ओजेश भगतले कक्षा १ र २ मा अध्ययनरत नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्थायी शिक्षक भगत अब दुईवर्षमा सेवा निवृत्त हुँदै थिए । उनी गणित विषयका शिक्षक हुन् । ५८ वर्षीय भगतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको प्रारम्भिक सोधपुछ थालेको हो ।...











