मोरङ : विराटनगर १५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार अररियाका २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर १७ का १९ वर्षीय साइनम गुरुङ र लेटाङ नगरपालिका ३ का ४० वर्षीय नवीन तामाङ रहेका छन् ।
उनीहरूलाई चेकजाँच गर्दा ४० ग्राम १४ मिलिग्राम ब्राउनसुगर फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीन जनामाथि नै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















