रोशनीको बयानको आधारमा अदालतले छाडिदियो महरालाई, के थियो बयानमा?
जिल्ला अदालत काठमाडौँले जब निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा फैसला सुनायो तब एकाएक बबरमहलस्थित अदालत परिसर महराका समर्थकको उल्लासमा बदलियो ।
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा कारागारमा रहेका महराको विषयमा अन्तिम फैसला आउने भएपछि सोमबार बिहान १० बजेदेखि नै अदालत परिसरमा समर्थको भीड देखिन्थ्यो ।
११ बजेतिर बा२झ ३९७८ नम्बरको गाडीमा महरा अदालतभित्र प्रवेश गरेका थिए...











