केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक

कोरोना भा’इरस संक्र’मणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।

नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको दाबी स्रोतले गरेको छ ।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो। उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए।

तपाईको प्रतिक्रिया