दुर्घटना गराएर फरार रहेका चालक पक्राउ
विराटनगर । झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर दिपेश कार्कीले जानकारी दिए । आइतबार पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए ।
दमक–५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल...











