घुस प्रकरणमा रञ्जिता श्रेष्ठ पुगिन् अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ।
कास्की मालपोत कार्यालयका प्रमुखको थमौती तथा सरुवासम्बन्धी अडियो प्रकरणमा संलग्नताको आशंका बढेपछि अख्तियारले उनलाई बुधबार बिहान १० बजेदेखि उपस्थित गराई सोधपुछ थालेको हो। आयोग स्रोतका अनुसार हालै सार्वजनिक भएको घुस अडियोको छानबिनका क्रममा श्रेष्ठको समेत संलग्न...











