काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ।
कास्की मालपोत कार्यालयका प्रमुखको थमौती तथा सरुवासम्बन्धी अडियो प्रकरणमा संलग्नताको आशंका बढेपछि अख्तियारले उनलाई बुधबार बिहान १० बजेदेखि उपस्थित गराई सोधपुछ थालेको हो। आयोग स्रोतका अनुसार हालै सार्वजनिक भएको घुस अडियोको छानबिनका क्रममा श्रेष्ठको समेत संलग्नता भेटिएपछि उनलाई बयानका लागि बोलाइएको छ ।
उक्त अडियो मालपोत कास्कीका प्रमुखको सरुवासँग जोडिएको छ । जसमा रकम लेनदेनबारेको संवाद रहेको जनाइएको छ। प्रकरणको मूल अनुसन्धान निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग सम्बन्धित छ।
गुप्ताको अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्र्याकिङका क्रममा अख्तियारको अनुसन्धान टोलीले केही शंकास्पद फोनकल र सन्देश फेला पारेको थियो। ती विवरण खोतल्दा तत्कालीन भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले पनि तिनै व्यक्तिसँग रकम माग गरेको भेटिएको अख्तियार स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया