धरानमा महिलाको हत्या गरेर रुखमुनि फालियो शव
धरान : सुनसरीको धरानमा एक महिलाको हत्या गरी शव लसुनेको रुखमुनि फालिएको अवस्थामा फेला परेको छ। सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अन्दाजी ३० वर्ष जतिकी देखिने महिलाको शव भेटिएको हो।
स्थानीयवासी गोठालो गएका बेला शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्...








