आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
सोलुखुम्बु- सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ सुर्केका रोमन राईको घरमा आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
जस्ताले छाएको घरमा भएको आगलागीबाट घरका भौतिक सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैबीच, ललितपुर महानगरपालिका–२१ सानो खोकनास्थित भारतीय नागरिक बिनायक जैसवालको कपास कारखानामा आगलागी नियन्त्रणमा आएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परि...