सोलुखुम्बु- सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ सुर्केका रोमन राईको घरमा आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जस्ताले छाएको घरमा भएको आगलागीबाट घरका भौतिक सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैबीच, ललितपुर महानगरपालिका–२१ सानो खोकनास्थित भारतीय नागरिक बिनायक जैसवालको कपास कारखानामा आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र दमकल समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

तपाईको प्रतिक्रिया