मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिकामा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई मोरङमा स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे लगतै सुन्दरहरैचा नगरपालिकाले स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरेको जानकारी गराए। साथै मोरङका विभिन्न स्थानिय निकायले स्वास्थ्य बिमा कार्यक्रमलाई अघि सारेका छन।स्वास्थ्य बिमा संचालनका लागि मोरङमा १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी कार्यक्रम शुरु गरिएको स्वास्थ्य बिमा प्रदेश सह-संयोजक दुर्गा आचार्यले जानकारी दिए ।यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,कुष्ठरोगीको परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्णअपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बिमाबाट उपचार गराउन सक्ने छन् । परिवारका पाँच जना सदस्यले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न सक्ने सह-संयोजक दुर्गा आचार्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
















