मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिकामा  स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ  । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई  मोरङमा स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे लगतै सुन्दरहरैचा नगरपालिकाले स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरेको जानकारी गराए।  साथै मोरङका  विभिन्न स्थानिय निकायले स्वास्थ्य बिमा कार्यक्रमलाई अघि सारेका छन।स्वास्थ्य बिमा संचालनका लागि मोरङमा १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी कार्यक्रम शुरु गरिएको स्वास्थ्य बिमा प्रदेश सह-संयोजक दुर्गा आचार्यले जानकारी दिए ।यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,कुष्ठरोगीको परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्णअपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बिमाबाट उपचार गराउन सक्ने छन् । परिवारका पाँच जना सदस्यले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न सक्ने  सह-संयोजक दुर्गा आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया