राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सांस्कृतिक पहिरन लगाउन मिल्ने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिचाउन कुनै बाधा नभएको स्पष्ट पारेको छ ।
सिन्दूर, पोते र टीका हटाएर फोटो खिचाउन लगाइएको भन्दै आलोचना भएपछि विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई पत्राचार जारी गरी राष्ट्रिय परिचयपत्रको जैविक व...