‘अरुकै शासनमा’ कसरी चल्दैछ प्रधानमन्त्रीको दिनचर्या ?
फागुन १५ गते नेकपाको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै मिर्गाैला पुनः प्रत्यारोपणमा जान लागेको खुलासा गरेका थिए । उनले कार्यकर्तामा उत्साह भर्न अझ अघि बढेर भनेका थिए–पाँच दिन अस्पताल बस्छु,छैटौं दिनदेखि अझ उत्साह र उर्जाका साथ काममा फर्किन्छु ।
उनले त्यसो भनेको ६ दिनपछि अर्थात फागुन २१ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भान्जी समिक्षा संग्रौला...











