धनगढी : धनगढीबाट दुई महिला वे’पत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २० वर्षीया शान्ति पौडेल र तीन महिने सन्तानकी आमा मधु तिवारी वे’पत्ता भएका हुन ।

फागुन १६ गतेबाट ह’राएका दुवै जना अहिलेसम्म फेला पर्न नसकेको आफन्तले जनाएका छन् । वेपत्ता शान्ति र मधु भाउजु नन्द हुन । भारतको गुहावटीमा विवाह गरेकी मधु सुत्केरी हुन आफ्नो धनगढीस्थित माइती घर आएकी थिइन् । सुत्केरीपछि उनी यतै बस्दै आएकी थिइन् । उनले तीन महिनाको बच्चालाई छोडेर गएको परिवारले जनाएका छन् ।

छ दिनदेखि आमा वेप’त्ता भएपछि तीन महिनाको बच्चालाई बचाउन गाह्रो भएको जनाएका छन् । अहिलेसम्म छिमेकका महिलाले दूध खुवाइ दिएका कारण बच्चा बाँचेको

एसटीएस सिनेमा हलमा मःमः व्यापार गर्दै आएका भीम कुँवरले दुवै जनालाई लगेको परिवारको आ’रोप छ । गत शुक्रबार साँझ भीमले नै उनीहरुलाई मोटरसाइकलमा बसाएर लग्दै गरेको स्थानीयले देखेका मधुका बुबा एवम् शान्तिका ससुरा कृष्ण तिवारीले बताएका छन् । दुवै जना ह’राएको दिनदेखि भीम पनि वेप’त्ता रहेको परिवारको भनाइ छ । भीमका पनि घरमा श्रीमती र दुई सन्तान रहेको तिवारी परिवारको भनाइ छ ।

छ दिनदेखि आमा वेप’त्ता भएपछि तीन महिनाको बच्चालाई बचाउन गाह्रो भएको जनाएका छन् । अहिलेसम्म छिमेकका महिलाले दूध खुवाइ दिएका कारण बच्चा बाँचेको परिवारको भनाइ छ । हराएका दुवै जनालाई खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन परेको छ । निवेदन परेपछि खोजीकार्य जारी राखेको तर अहिलेसम्म फेला नपरेको महिला बालबालिका सेलका खेमराज पन्तले बताए ।

प्रहरीले दुवै जना कोहलपुरतिर रहेको खबर पाएको थियो । तर, त्यहाँ पनि उनीहरु फेला नपरेको जनाइएको छ । अदालतबाट म्याद थप गराई कल डिटेल चेकजाँच गर्ने अनुमति लिने कार्यको प्रयास गरिरहेको प्रहरीले जनाएको छ । पश्चिम टुडेमा समाचार छ ।

तपाईको प्रतिक्रिया