काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए ।

साथै प्रधानमन्त्रीओलीलाई ठोस आहार दिन थालिएको पनि कार्यकारी निर्देशक खड्‍गाले जानकारी दिए ।प्रधानमन्त्रीओलीका सबै ‘भाइटल’ तथा ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ ।

प्रधानमन्बीओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिकसुधार भइरहेको डाक्टर खड्‍गाले जानकारी दिए । समीक्षलाई पनि ठोस आहार दिन थालिएकोउनले बताए ।

ओलीकोमिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौलाप्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा,प्रा. डा. प्रेम ज्ञवाली,डा. पवनराज चालिसे,डा. सुमन चापागाईं,डा. सुजित पौडेल र डा.मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारलगायत संलग्न रहेका थिए। प्रधानमन्त्री ओलीलेयसअघि २०६४ साल साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ।

तपाईको प्रतिक्रिया