आज २०७६ मंसिर ७ गते शनिबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । मध्यान्हदेखि धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछ...