Image result for प्रधानमन्त्री केपी शर्मा ओली

मंसिर १, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सिमामा पारेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका छन् । उनले नेकपाका भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

भारतले हालसालै सार्वजनिक गरेको आफ्नो नयाँ राजनितक नक्सामा नेपाली भूभाग आफ्नो सिमामा पारेपछी  प्रधानमन्त्री ओलीले आफ्नो देशको एक इन्च भूमि पनि  कसैलाई मिच्न नदिने बताएका छन्  ।  साथै उनले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको बताए ।

उनले भने  ‘हाम्रो भूमिबाट विदेशी सेना फिर्ता लगियोस्, हामी हाम्रो भूमि फिर्ता ल्याउँछौँ । कतिपयले नक्सा सच्याउनुपर्यो भनेका छन् । नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ ।’ उनले छिमेकी मूलुक  भारतसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताउनुको साथै केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै  असन्तुष्टि व्यक्त गरेका छन् ।

भारतले पछिल्लो समय नेपाली भूभाग कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले  यसबारे पहिलोपटक  मुख खोलेका हुन् ।

तपाईको प्रतिक्रिया