नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया
बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पोखिएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यव...










