कोरोना संक्रमण भेटिएपछि इटहरी वडा नम्बर २ लाई शिल गरिने भएकाे छ । आज इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा समिमिको बैठकले संक्रमण देखिएकाे वडा शिल गर्ने निणर्य गरेको हो ।
कोरोना संक्रमित भेटिएपछि इटहरी वडा २ शिल
इटहरी उपमहानगरका अन्य २० वटै वडामा थप सुरक्षा कर्मी थपि कडा निगरानी गर्ने समेत बैठकले निर्णय गरेको छ । मगलबार एकै दिन इटहरी २ वडाका १८ वर्षीय युवा तथा भारत र सुनसरीको सिमानामा पर्ने कुसाहका एक सुरक्षाकर्मी संक्रमण देखिए छ । भने साेमबार सुनसरीका एक जनामा सक्रमण पुष्टि भएकाे थियाे । याे सगै सुनसरीमा संक्रमितकाे सख्या तिन पुगेकाे छ ।























