सरकारले विदेशमा अलपत्र परेका नागरिको उद्दारको तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को वैठकमा विदेशमा रहेका नागरिक ल्याउने बारेमा विस्तृत छलफल भएको एक मन्त्रीले बताए ।
‘परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आइतबारकै वैठकमा विदेशमा रहेका नागरिकलाई उद्दारका लागि बनाएको विस्तृत कार्ययोजना वैठकमा प्रस्तुत गर्नु भएको थियो। प्रधानमन्त्रीज्यूले पारित भएको यो कार्ययोजनालाई अझ मिति, सयम र कहाँ कहाँबाट ल्याउने भन्ने समेतका विवरण पेश गर्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रस्तुत गरेको खाकामा पहिलो प्राथमिकतामा गर्भवति महिला रहेका छन् । विदेशमा रहेर गर्भवती भएका र नेपालमा सुत्केरीको लागि आउन चाहाने महिलालाई सबैभन्दा पहिला नेपाल ल्याउने तयारी सरकारले गरेको छ ।
हामीले अहिले ४ किसिमका अत्याधिक अफ्ठेरोमा परेका नागरिकको उद्दार गर्ने गरी बनाएको खाकामा छलफल गरेका छौं, जसमा पहिलो प्राथमिकतामा गर्भवती महिला रहेका छन्।’
सरकारले गरेको तयारीको दोस्रो नम्बरमा उपचारको शिलशिलामा विदेशमा गएका नागरिक रहेका छन् ।
सरकारले तयारी गरेको तेस्रो नम्बरमा नेपालमा आफन्त गुमाएर विदेशबाट अन्तिम दाहसंस्कार र त्यसपछिको कार्यका लागि आउन चाहने नागरिक रहेको मन्त्रीले बताए ।
यस्तै, विभिन्न देशको जेलमा रहेका र सजाए भोगिरहेकाहरु, जसलाई संम्बधित देशले आममाफी दिएको छ उनीहरु सरकारले गरेको तयारीको चौथौ नम्बरमा परेका छन्।























