बुढीगंगाका नगर प्रहरीलाई सशस्त्र शैलीको विशेष तालिम
मोरङ — मोरङको बुढीगंगा गाउँपालिकाले नियुक्त गरेका सात नगर प्रहरी सशस्त्र प्रहरी बलको ढाँचामा दक्ष बनेका छन्।
सशस्त्र प्रहरी बलको ३ नम्बर गण, कङ्कालनी मोरङले १५ दिने विशेष तालिममार्फत उनीहरूलाई अग्नि नियन्त्रण, भिड व्यवस्थापन, जनप्रतिनिधि सुरक्षा, स्वागत सत्कार लगायतका सीप सिकाएको हो।
सामान्यतया तीन महिनामा सम्पन्न हुने तालिम छोटो अवधिमा पूरा गरिएको सशस्त्र प्रहरीका नायव महानिरीक्षक कुमार...











