प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् ।
सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आँफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् ।
उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउन...











