केराबारी । मोरङको केराबारी गाँउपालिकास्थित पालिका अस्पतालमा अत्याधुनिक उपकरणवाट थाइराइड, भिटामिन डी,कलेजो, मुटु, मृगौला, युरिक एसिड, सुगर लगायतको परिक्षण सेवा शुभारम्भ भएको छ ।
सो सेवाको बिहिबार केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा उदघाटन गरेका हुन । सो अवसरमा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चौलागाईज्यू, अस्पताल प्रमुख रमेश वहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गाँउपालिका अध्यक्ष मिरिङचिङले पालिका अस्पतालको अनुगमन तथा थप सेवा प्रवाह चुस्त दुरुस्त वनाउन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन ।


















