धनकुटामा बस दुर्घटनामा तीन जनाको मृत्यु,११ जना घाइते
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा यात्रुवाहक बस सोमबार दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१...








