सुनसरी/मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन् । विराटनगर-१३ स्थित किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंकालागेकाे अवस्थामा पसल संचालकले प्रहरीलाई खबर गरेर तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बैसन्ति साथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो ।नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया