अब कुवेत जाने नेपाली कामदारलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने
काठमाडौं । वैदेशिक रोजगारको लागि कुवेत जाने नेपाली कामदार १४ दिन तोकिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने भएको छ । कुवेत सरकारको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भन्दै स्रोत देशबाट आउने सबै विदेशी नागरकिकको लागि अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हो । यो नियमलाई बुधबारदेखि नै लागू गरिएको छ ।
कुवेतले २७ फेब्रुअरीयता कुवेत प्रवेश गरेका नेपालीसहित आप्रवासी...










