विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे, १३ लाख संक्रमित निकाे भए

विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे, १३ लाख संक्रमित निकाे भए
विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ पुगेकाे छ । विश्वभर अहिलेसम्म ३८ लाख २१ हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् । महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ...

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित संक्रमितकाे संख्या ९९ पुग्याे

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित संक्रमितकाे संख्या ९९ पुग्याे
नेपालमा थप १७ जनामा काेराेना संक्रमण देखिएकाे छ । वीरगञ्जका थप १७ मा संक्रमण पुष्टि भएकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । याे सगै संक्रमितकाे संख्य ९९ पुगेकाे छ ।

लकडाउन १० दिन थपियो जेठ ५ गतेसम्म

लकडाउन १० दिन थपियो जेठ ५ गतेसम्म
सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।

कोरोना संक्रमण मुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै

कोरोना संक्रमण मुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै
विराटनगरस्थित कोशी अस्पतालमा उपचारारत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार गरिएको तेस्रो पटकको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्जको तयारी भएको छ । प्रदेश एकको सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार आज विहान ८ बजे डिस्चार्ज गर्न लागिएका भारतीय नागरिकलाई विराटनगरको रानीस्थित एक मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ । ...

कोरोना भाइरस :विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, ३७ लाख २४ हजार बढी संक्रमित

कोरोना भाइरस :विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, ३७ लाख २४ हजार बढी संक्रमित
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २६ हजार ४३३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ । क...

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकारले सबै जिल्...

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो, ११ लाख ९३ हजार उपचारपछि निको भए

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो, ११ लाख ९३ हजार उपचारपछि निको भए
कोरोना महामारीका कारण विश्वभर २ लाख ५१ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित मध्ये ११ लाख ९२ हजार ९ सय ५९ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ७ सय ९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ११ हजार ८ सय ३८ पुगेको छ । इटालीमा २ लाख ११ हजार ९ सय ३८ संक्रमितमध्ये २९ हजार ७९ जनाको मृत्यु भएको छ । स्पेनमा ...

कोरोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगन्जमै ७ जना नयाँ थपिए

कोरोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगन्जमै ७ जना नयाँ थपिए
कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारी बनेको छ। नेपालमा पनि ७५ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमध्...

कोरोनाको उपचारमा खटिने कर्मचारीलाई शतप्रतिशतसम्म भत्ता दिने आदेश पारित

कोरोनाको उपचारमा खटिने कर्मचारीलाई शतप्रतिशतसम्म भत्ता दिने आदेश पारित
सरकारले कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शतप्रतिशतसम्म प्रोत्साहन गर्ने व्यवस्थापन आदेश ल्याएको छ। ‘कोरोना भाइरस (कोभिड -१९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७’ मा कोरोनाविरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश मन्त्रिपरिषद्ले पास गरेको हो। गत ९ चैतमा...