सरकारले कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शतप्रतिशतसम्म प्रोत्साहन गर्ने व्यवस्थापन आदेश ल्याएको छ।

‘कोरोना भाइरस (कोभिड -१९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७’ मा कोरोनाविरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश मन्त्रिपरिषद्ले पास गरेको हो।

गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

आदेश अनुसार कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुनेछ।

कसलाई कति भत्ता?

 

तपाईको प्रतिक्रिया