आज सरस्वती पुजा,धुमधामका साथ मनाईँदै
आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा बिद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइँदैछ । ऋतुहरुको राजा वसन्त ऋतुको सुरुवात हुने भएकोले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ । संगीत, कला, साहित्य र विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
अहिले ...











