आज १६ आषाढ २०८२ सोमवारको राशिफल

आज १६ आषाढ २०८२ सोमवारको राशिफल
मेष । कार्यक्षेत्रमा रोकिएका कार्य प्रारम्भ हुनेछन््र युवाहरूलाई प्रेम सम्बन्धमा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउने वा दिगो फाइदा हुने योजनाहरू बन्नेछन्। साथीभाईहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष । पारिवारिक सद्भाव बढ्नेछ। आत्मविश्वासको कमीले कार्यक्षेत्रमा पछाडि परिनेछ। सानो प्रयासले पनि कार्य सम्पन्न हुनेछ। फजुल खर्चबाट बच्नुहोला। आजको शुभ रंग हरियो ह...

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु
विराटनगर । सुनसरीमा शनिबार साँझ दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा साँझ ७ः२० बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को ३...

मोरङमा आफनै काकाले गरे बलात्कारपछि नाबालिकाको हत्या

मोरङमा आफनै काकाले गरे  बलात्कारपछि नाबालिकाको हत्या
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की नाबालिकाको हत्यामा आफ्नै काकाको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो । अनुहार, घाँटीलगायत शरीरका विभ...

बेलबारीमा कर्मचारीको आन्दोलन,काजकाज ठप्प

बेलबारीमा कर्मचारीको आन्दोलन,काजकाज ठप्प
बेलबारी । मोरङको बेलबारी नगरपालिकाका कर्मचारीहरुको आन्दोलनका कारण नगरपालिकाको कामकाज ठप्प भएको छ भने सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको छ । शुक्रबार समेत कामकाज ठप्प पारेका कर्मचारहिरुले आईतबार हातमा कालोपटटी बाँधेर काम गर्ने भन्दै बिज्ञप्ती प्रकाशित गरेका उनीहरुले आईतबार पनि काम ठप्प पारेका छन । काम ठप्प भएपछि सेवाग्राहीहरु समस्या झेल्न बाध्य भएका छन । असार १२ गते बेलबारीका अराजक समुहले धम्की...

इमानदार सिटी चालक : छुटेको नगद ७७ हजार ५०० र आइफोन फिर्ता गरिदिए

इमानदार सिटी चालक : छुटेको नगद ७७ हजार ५०० र आइफोन फिर्ता गरिदिए
विराटनगर । विराटनगरमा सिटी सफारीमा छुटेको नगद पैसा र मोबाइलसहितको झोला एक इमानदार चालकद्वारा फेला पारेर सकुशल फिर्ता गरिएको छ। असार ८ गते १२:३० बजे जोगबनीबाट प्रदेश १–००–०२ ह ३९३० नम्बरको सिटी सफारी चढेर विराटनगर आउँदै गरेका ईश्वरप्रसाद उपाध्याय ( ८०) का झाेला रिक्सामै छुटेकाे थियो । विराटनगर महानगरपालिका–५ जानकी चोकमा ओर्लिएपछि आफ्नो खैरो रंगको झोला सवारीमा छुटाएका थिए। झोलाभित्र नगद रु ७७...

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
विराटनगर । विराटनगरका नामुद ‘मिटरब्याजी’ मन्टु भनिने सञ्जयप्रसाद रौनियारविरुद्ध सामूहिक उजुरी परेको छ । उनीबाट पीडित भएकामध्ये १२ जनाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् । मन्टुमाथि अनुचित लेनदेन (मिटरब्याज)को नाममा सर्वसाधारणको करोडौं ठगी गरेको आरोप छ । उनी १६ महिना जेलसमेत बसेका थिए । १६ महिना कारागार बसेपछि सफाइ पाएका उनले अहिले पनि ‘मिटरब्याज’को धन्दालाई जारी राखेको भन्दै प्...

गाँजा लोड गरिएको कार छाडेर भागेका मियाँ दुहबीबाट पक्राउ

गाँजा लोड गरिएको कार छाडेर भागेका मियाँ दुहबीबाट पक्राउ
ठूलो परिमाणमा लागुऔषध गाँजा लोड गरिएको कार छाडेर फरार भएका १ जनालाई प्रहरीले सुनसरीको दुहबीबाट पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–४ घर भएका २८ वर्षीय चीन भनिने नसरुदिन मियाँ पक्राउ परेका हुन् । उनलाई दुहबी नगरपालिका–४ मालहट्टी आसपासबाट बुधबार पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।दुहबीबाट बूढीगंगातर्फ आउँदै गरेको बा ७ च ९२६३ नम्बरको मारुती सुजुकी कारलाई...

आज ५ आषाढ २०८२ बिहीवारको राशिफल

आज ५ आषाढ २०८२ बिहीवारको राशिफल
मेष । दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। आफन्तले भन्दा बाहिरका व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ। भूमि सम्बन्धी कारोबारबाट आंशिक लाभ हुनेछ। वृष । दिन राम्रो छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक भ्रमण हुने योग छ। यात्रा रमाइलो बन्ने छ। प्रेम सम्बन्ध र परिवारसँग भने खटपटी हुने जोखिम छ। मिथुन । शिक्षाको...

यी तीन प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना

यी तीन प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पन...

इटहरीमा दुई घर धनिकाे अवराेधले ८ महिनादेखि अलपत्र ६ लेन सडक

इटहरीमा दुई घर धनिकाे अवराेधले ८ महिनादेखि अलपत्र ६ लेन सडक
इटहरी । रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेन सडक योजना अन्र्तरगत इटहरीमा समान मापदन्ड पालनाको माग गर्दै स्थानिय दुइ घरधनीले अवरोध पुर्याएका छन । इटहरीको बिराटनगर लाइन स्थित स्थानियको अवरोधका कारण ८ महिना देखि ६ लेन राजमार्गको काम रोकिएको हो । काम रोकिएसंगै समयमै निर्माण सम्पन्न नहुने आशंका उत्पन्न भएको छ । तिन महिना देखि लगातार समन्वय गरिरहेपनि सहमती जुट्न नसकेपछि काममा स्थानिय अवरोध जारी रह...