बेलबारी । मोरङको बेलबारी नगरपालिकाका कर्मचारीहरुको आन्दोलनका कारण नगरपालिकाको कामकाज ठप्प भएको छ भने सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको छ ।
शुक्रबार समेत कामकाज ठप्प पारेका कर्मचारहिरुले आईतबार हातमा कालोपटटी बाँधेर काम गर्ने भन्दै बिज्ञप्ती प्रकाशित गरेका उनीहरुले आईतबार पनि काम ठप्प पारेका छन । काम ठप्प भएपछि सेवाग्राहीहरु समस्या झेल्न बाध्य भएका छन ।
असार १२ गते बेलबारीका अराजक समुहले धम्की दिएको,डर त्रास देखाएको र काम गर्ने बाताबरण नभएको भन्दै उनीहरुले बिज्ञप्ती निकालेका थिए । सोही बिषयमा जानकारीका लागी प्रमुख प्रशासकीय अधिकृत सञ्जयबहादुर राजलवट लाई पटक पटक सम्पर्क गार्द उनले फोन उठाएनन ।

तपाईको प्रतिक्रिया