चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’
विराटनगर, १७ साउन । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चीन भ्रमणमा प्रदेशमा लगानी भित्र्याउनेबारे छलफल भएको जानकारी दिए। एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार विराटनगर फर्केका मन्त्री आङ्बोले सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भएको दावी गरे।
‘चीनको सबैभन्दा सुखी जनता बसोबास गर्ने सिचुवान र तीब्र आर्थिक विकास गरिरहेको सान्दोङ...








