इटहरी / एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इलाका प्रहरी कार्यलय इटहरीले एक जना व्यक्ती पक्राउ गरेको छ । इटहरी ८ का २५ बर्षिय सदा भुषेन मियालाइ इटहरीबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । विभिन्न व्यक्तिहरुलाई रुद्राक्ष देखाउदै बेच्दै ठगी गरेको आरोपमा मियालाई पक्राउ गरेको प्रहरी इन्स्पेक्टर वुद्दी चौलागाईले बताए । मियालाई अनुसन्धन्धानको लागि प्रहरी कार्यलय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया