कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ
१० असोज, काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् ।
पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।
...











