मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका-३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

क्रबार दिउँसो सवा १२ बजे पथरी शनिश्चरे नगरपालिका-३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका-१० का ४६ बर्षीय बिमल न्यौपाने घाईते भएका थिए ।

उपचारको लागि पथरी अस्पताल लगएकोमा उपचारको क्रममा पौने १ बजे उनकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया