फेसबुकमा कति आयो लाइक भन्ने अब थाहा नहुने !
फेसबुकले लाइकको संख्या लुकाउने तयारी गरेको दाबी गरिएका समाचारहरु बाहिरिएका छन् ।
विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै यस्तो तयारी गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फेसबुकले लाइक लुकाउनका लागि कोडिङ गरिरहेको एक जना इन्जिनियरले पत्ता लगाएको ...











