दमकमा जङ्गली हात्तीको आक्रमण : मर्निङ वाकमा निस्किएका दिदीबहिनी गम्भीर घाइते
झापा : झापाको दमकमा आइतबार बिहान मर्निङ वाकका क्रममा दुई दिदीबहिनी जङ्गली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।
दमक नगरपालिका–१ बरगाछी नजिक बिहान करिब ४ बजे स्थानीय सुनिता राई र कविता राई हात्तीको आक्रमणमा परेका हुन्।मर्निङ वाक गरिरहेका बेला हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट निस्किएको जङ्गली हात्तीले दुबैलाई आक्रमण गरी फ्याँकेको थियो।घटनापछि स्थानीयले तत्कालै उद्धार गरी दमक अस्पताल पुर...











