विराटनगरमा भाइरल ज्वरोका बिरामी बढे
विराटनगर / विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो ।
अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने र वान्ता हुने लक्षण देखा पर्दछ । यसको लक्षण डेङ्गुसँग मिल्...