विराटनगर / मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।

३१ वर्षीय दिपेश लिम्बूको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

शुक्रबार बिहान १० बजे उनी अचेत अवस्थामा बाटोमा भेटिएका थिए ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि विराटनगर पठाएको थियो । लिम्बूको मृत्युको कारण खुलिनसकेको र घटनाका बारेमा अनुसन्धान भइरहेको डीएसपी खिँउजुले बताए ।

तपाईको प्रतिक्रिया