मोरङमा एकै पटकमा तीन सन्तानको जन्म !
बेलबारी । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई जन्म दिएकी छिन ।
मोरङको पथरीशनिश्चरे १ मा भगवती खडकाले ४ दिनअघि बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक २ छोरी र एक छोरा गरी ३ सन्तानलाई जन्म दिएकी हुन । उनका ३ जना सन्तान र आमाको अबस्था समेत सकुशल रहेको ...