सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन हुने भएको छ । प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज बसेको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कोशीहरैचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका समायोजन हुदा नै सुन्दरहरैचा नगरपालिकाको केन्द्र सुन्दरहरैचा स्थित सलकपुरमा रहने निर्णय नेपाल सरकारले नै गरेको थियो तर तत्काल केन्द्र सार्दा नगरपालिकाको सेवामा असर पुग्ने भन्दै केही समयको लागि केन्द्र विराटचौकलाई नै मान्ने निर्णय भएको थियो । तर पछिल्लो समय हाल रहेको नगरपालिकाको केन्द्रमा नै भवन हुदा नगरपालिकाको सेवामा असर पुगेको भन्दै सुन्दरहरैचा नगरपालिकाको केन्द्र सार्न लागिएको हो ।

नगरपालिकाको भवन निर्माणको स्थानको लागि सुन्दरहरैचा नगरपालिकामा रहेको सलकपुर वन कार्यलयले समेत नगरपालिकाको लागि जग्गा दिने निर्णय गरिसकेको छ । यो सगै अब नगरपालिका हरियो वन भित्रको नगरपालिका बन्ने निश्चित देखिन्छ ।

यता नगरप्रमुख शिव प्रसाद ढकालले पनि सर्वपक्षिय सहमती अनुसार नगरपालिकाको केन्द्र सलकपुर बनाउने निर्णय गरेको बताएका छन । उनले हाल रहेको केन्द्रमा नगरपालिकाको लागि प्रयाप्त ठाउँ नरहेको साथै नगरले दिने सेवामा ढिलो हुने भएको कारण केन्द्र सार्न लागिएको बताए ।

तपाईको प्रतिक्रिया