संखुवासभा / संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएकाे छ । संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको हाे । बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका-७ का राई शनिवार दिउँसो सवा १ बजेको समयमा जेसीवीले ठक्कर दिएकाे थियाे ।

जेसीवीले ठक्कर बाट गम्भिर घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएको र उनकाे उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईको प्रतिक्रिया