ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन्

काठमाडौं– ट्याक्सीमा सवार यात्रुले नै चालकलाई कुटपिट गरी लुटपाट गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकबाट बा.१ ज ९०४१ नम्बरको ट्याक्सी चालक काठमाडौं महाँकाल बस्ने ओखलढुङगाका ३८ वर्षीय पूर्ण बहादुर तामाङको नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल आइतबार बिहान लुटपाट भएको छ ।

काठमाडौं सामाखुसीबाट तामाङको ट्याक्सीमा सवार अपरिचित ३ जनाले उनलाई गाम्चापुल नजिक पुर्‍याई कुटपिट गरी साथमा रहेको उक्त नगद र मोबाइल लुटपाट गरी ट्याक्सी समेत लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सामाखुशीमा रोकी राखेको अवस्थामा ट्याक्सी फेला पारेको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया