मंसिरमध्यसम्म रेल चल्छ’

मंसिरमध्यसम्म रेल चल्छ’
काठमान्डाैं / नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्...

ट्रम्पले सोधे – के छ नेपालको खबर ?

ट्रम्पले सोधे – के छ नेपालको खबर ?
काठमान्डाैं / अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् । रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई ...

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप
काठमान्डाैं / राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ । आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य सार्वजनिक भने गर्न सकेको छैन । गैरन्यायायिक हत्याको छानबिन समितिमा रहेको मानवअधिकार आयोगका सदस्य गोविन्द पौड्यालले छान...

यसपाली दशैंसम्म नै फाट्टफुट्ट पानी परिरहने

यसपाली दशैंसम्म नै फाट्टफुट्ट पानी परिरहने
काठमाडौं- यसपालीको दशैं हिले दशैं हुने भएको छ । मनसुनको समय अवधि सकिए पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य नसकिँदा यसपालीको दशैं हिले हुने देखिएको हो । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्...

पथरीमा बस र पिकअप एक–आपसमा ठोकिँदा १३ जना घाईते

पथरीमा बस र पिकअप एक–आपसमा ठोकिँदा १३ जना घाईते
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुदा १३ जना घाईते भएका छन । बुधबार बिहान पौने १० बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ४२७८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी ठक्कर खाई दुर्घटना हुदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । साथै सोही...

अन्तस्शुल्क स्टिकर हिनामिना गर्ने उद्योग सञ्चालकलाई ३२ करोड जरिवाना

अन्तस्शुल्क स्टिकर हिनामिना गर्ने उद्योग सञ्चालकलाई ३२ करोड जरिवाना
काठमाडौं । अन्तःशुल्क स्टिकर हिनामिना गरेको कसुरमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले पर्साको उदयपुर डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिस्टिलरीका सञ्चालक शम्भुशरण प्रसाद कलवारलाई जरिवाना गरेको छ । कार्यालयले ओमप्रकाशलाई २६ करोड १५ लाख ७० हजार ३ सय ४७ र शम्भुशरणलाई ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ जरिवाना तोकेको हो। प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइर...

दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढ्याे

दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढ्याे
काठमाडौं । दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत छ । यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१र७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत थियो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो । उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्य...

गुम्बामा चोरीको बिगबिगी, बहुमूल्य सामग्री स्थानीयको घरमा

गुम्बामा चोरीको बिगबिगी, बहुमूल्य सामग्री स्थानीयको घरमा
डाेल्पा / माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन् । १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन् । विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ । कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ । सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु प...

सी भ्रमणमा १० परियोजना पेस गरिँदै

सी भ्रमणमा १० परियोजना पेस गरिँदै
काठमान्डाैं / सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका मन्त्रालयका छन् ।...

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट
काठमान्डाै / चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनकै नाममा अगाडि सारिएको कार्यादिशामाथि पार्टीगत अन्तरक्र्रिया गरिएको हो । तत्कालिन एमाले र माओवादी पार्टी...