काठमाडौं । अन्तःशुल्क स्टिकर हिनामिना गरेको कसुरमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले पर्साको उदयपुर डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिस्टिलरीका सञ्चालक शम्भुशरण प्रसाद कलवारलाई जरिवाना गरेको छ । कार्यालयले ओमप्रकाशलाई २६ करोड १५ लाख ७० हजार ३ सय ४७ र शम्भुशरणलाई ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ जरिवाना तोकेको हो।

प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाको इजलासले तोकिएको जरिवाना रकम बुझाउन नसके दुवैलाई ७र७ वर्ष कैद सजाय निर्धारण गरेको छ। कोइरालाको इजलासले दुई साताअघि उनीहरूसँग क्रमशः २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ रुपैयाँ र ५ करोड ४८ लाख २९ हजार २ सय ८५ रुपैयाँ धरौटी मागेको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनीहरू वीरगन्ज कारागारमा थुनामा बसेका थिए।

आन्तरिक राजस्व कार्यालयले जेठयता दुवै मदिरा उद्योगका सबै कागजात जफत गरी छानबिन गरिरहेको थियो। यी उद्योग आन्तरिक राजस्व कार्यालय वीरगन्जअन्तर्गत दर्ता छन्। उदयपुर डिस्टिलरीले कार्यालयबाट खरिद गरी लगेका अन्तःशुल्क स्टिकरमध्ये नियमानुसार मदिरा उत्पादनमा खर्च जनाएको पनि नदेखिएको र स्थलगत रूपमा गरिएको भौतिक परीक्षण गणनामा मौज्दात पनि नदेखिएको पाइएको थियो। आव ०७१र७२ देखि ०७५र७६ सम्म ३६ लाख ६९ हजार ७ सय ४२ थान स्टिकर हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जयश्री धौलागिरी डिस्टिलरीले आव ०७४र७५ र ०७५र७६ सम्म खरिद गरी लगेका अन्तःशुल्क स्टिकरमध्ये ७ लाख ४५ हजार ६ सय १५ थान स्टिकर हिनामिना गरेको पुष्टि भएको छ।
अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया