काठमान्डाै / चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनकै नाममा अगाडि सारिएको कार्यादिशामाथि पार्टीगत अन्तरक्र्रिया गरिएको हो ।

तत्कालिन एमाले र माओवादी पार्टीबीच एकीकरण भएपछि पनि छुट्टाछुट्टै माध्यमबाट आपसी सम्बन्ध रहँदै आएकामा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार औपचारिक समझदारीसमेत भएको छ ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण आदानप्रदानसँगै विचार आदानप्रदानका विषयमा समझादारीमा हस्ताक्षर गरेका हुन् । अाजकाे कन्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया