एमालेको सचिवालय बैठक शुरु

एमालेको सचिवालय बैठक शुरु
काठमाडौं  / नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा  वार्षिक कार्ययोजना र तत्कालीन संविधानस...

नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो

नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो
नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो । यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।  

उर्लिए कर्णाली र बबई, खतराको तह पार

उर्लिए कर्णाली र बबई, खतराको तह पार
२८ भदौ, काठमाडौं । पश्चिम नेपालमा अविरल वर्षासँगै ठूला नदीहरुमा सतह बढेको छ । महाकाली, कर्णाली र बबई नदीमा बाढी उर्लिएको छ । यी तीनवटै नदीको बाढीले खतराको तह पार गरेका छन् । यो समाचार तयार पार्दासम्म डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीको बाढीको सतह ८.७६ मिटर पुगेको छ । यो केन्द्रमा खतराको तह ६.५ मिटर हो । यसैगरी कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीको बाढी ४.२ म...

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने
काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै द...

भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ

भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ
विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ बिहान साढे ९ बजे राखिएको छ । यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि ...

मोरङको कटहरीमा कृषि एक्स्पो शुरु

मोरङको कटहरीमा कृषि एक्स्पो शुरु
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँम...

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो । कार्य...

कान्छि भित्र्याएर कतार उड्न लागेका श्रीमानलाई श्रीमतीले नै विमानस्थलबाटै पक्राइन्

कान्छि भित्र्याएर कतार उड्न लागेका श्रीमानलाई श्रीमतीले नै विमानस्थलबाटै पक्राइन्
गोरखा । विदेश जान हिंडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । ‘सुरजकी जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार...

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ ६:३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी रहेको शूत्रले जनाएको छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

डडेल्धुराकी चर्चित टिकटकर विमला मृत भेटिइन् , महाकालीमा फाल हानेकी ममताकाे पनि मृत्यु

डडेल्धुराकी चर्चित टिकटकर विमला मृत भेटिइन् , महाकालीमा फाल हानेकी ममताकाे पनि मृत्यु
कैलाली । डडेल्धुराकी एक चर्चित टिकटकर युवती मृत भेटिएकी छिन् । गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए टिकटकमा उनका दुई लाख २४ हजार फलोअर छन् । हिजो झुण्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताएका छन् । विमलाका बुवाको केही समयअघि मृत्यु भएको थिय...