केरा बगानमा दुई बालिका मृत्यु प्रकरण : वेपत्ता आमाकाे माेवाइल स्विच अफ

केरा बगानमा दुई बालिका मृत्यु प्रकरण : वेपत्ता आमाकाे माेवाइल स्विच अफ
 मोरङको सुन्दरहरैंचास्थित केरा बगानमा मृत भेटिएका दुई नाबालिकाकी आमा अझै बेपत्ता छिन् । उनको खोजी कार्य तीव्र पारिए पनि अझै पत्ता लाग्न नसकिरहेको प्रहरीले जनाएको छ । बालिका मृत भेटिएकै दिनदेखि २९ वर्षीया आमा अस्मिता न्यौपाने बेपत्ता छिन् । सुन्दरहरैंचाका ५०० भन्दा धेरै स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा ‘खोजी गरिएको छ । तर, उनको केही पत्तो नलागेको प्रहरीले जानकारी दिएको छ । ...

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै
काठमाडौं । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने चलन छ । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर...

इटहरीकाे जुवा खालमा प्रहरीकाे छापा : ३६ हजार नगद सहित १३ जना पक्राउ

इटहरीकाे जुवा खालमा प्रहरीकाे छापा : ३६ हजार नगद सहित १३ जना पक्राउ
इटहरी । सुनसरीको इटहरी उपमहानगर २ शान्ति चौकको एक स्थानीयको घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा गएकाे इटहरी प्रहरीको टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ३६ हजार नगद र विभिन्न मोडलका मोबाइलहरू बरामद गरेको छ । पक्राउ परेका १३ जनाको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरी नियन्त्रणमा रह...

मोरङको गोठगाउँमा दुई नाबलकको मृत भेटिए

मोरङको गोठगाउँमा दुई नाबलकको मृत भेटिए
विराटनगर / मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनीको शव आज भेटिएको हो । धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति टोल बस्ने दिदी सिता रेग्मिको घरमा बस्ने ३१ बर्ष अर्जुन कार्कीका दुई छोरीको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । तीन वर्षीया अर्पणा कार्की र एक वर्षकी आइका कार...

भिआइपी मुभमेन्टमै समातियो रुपन्देहीबाट ३ ट्रक अवैध चिनी

भिआइपी मुभमेन्टमै समातियो रुपन्देहीबाट ३ ट्रक अवैध चिनी
भैरहवा । रुपन्देहीमा एक सातमै ३ ट्रक अवैध चिनी बरामद भएको छ । जिल्लामा भिआइपी मुभमेन्ट भएकै बेला भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएका हुन । गत शनिबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २१० बोरा अवैध चिनी बरामद भएको थियो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको ...

वायु प्रदूषणबाट ४८ हजारभन्दा बढीको मृत्यु

वायु प्रदूषणबाट ४८ हजारभन्दा बढीको मृत्यु
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालय संवेदनशील रहेको बताउनु भएको छ। उहाँले बालबालिका, महिला, र सीमान्तकृत समुदायमा वायु प्रदूषणले पारेको असरलाई सम्बोधन गर्दै मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँ महानगरपालिका वातावरण विभागका निमित्त प्रमुख सरित...

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए
नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् । भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको विवरण आउन बाँकी छ ।

३३ वर्ष लगाएर बल्ल तल्ल बनेको बसपार्क अझै आएन सञ्चालनमा

३३ वर्ष लगाएर बल्ल तल्ल बनेको बसपार्क अझै आएन सञ्चालनमा
पर्वत ।  सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकामा गत असार १५ मा सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको बसपार्क सञ्चालनमा भने ढिलाइ भएको छ । सात करोड १५ लाख ३० हजार लागतमा निर्माण भएको बसपार्क दुई महि...

धरानमा विद्यालयबाट फर्किदैँ गरेका बालकलाई बाढीले बगायो

धरानमा विद्यालयबाट फर्किदैँ गरेका बालकलाई बाढीले बगायो
धरानमा विद्यालयबाट फर्किदैँ गर्दा एक बालकलाई बाढीले बगाएको छ । बिहीबार साँझ धरानमा आएको अविरल वर्षाका कारण विद्यालयबाट घर फर्किदैँ गरेका बालकलाई बाढीले बगाएको हो । बाढीले बगाएर ती बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १७ का १४ वर्षीय रोशन लिम्बू रहेका छन् । प्रहरीका अनुसार यसअघि धरान ११ मा बस्दै आएको लिम्बूको परिवार केही महिनाअघि मात्रै धरान १७ मा बसाइँ सरेको थियो । इलाका प्रहरी ...

नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हुन् । आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्...